शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु, बैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

मन्त्री भट्टराईका स्वकीय सचिव अशेष पोखरेलले स्वास्थ्यका कारण राजीनामा दिएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार