सोलुखुम्बु, बैशाख ८ । ओखलढुंगको मोलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चता तथा दिगोपना घोषणा गरिएको छ । आज सोमबार गाउँपालिका अध्यक्ष उत्त म राईले पूर्ण खोप सुनिश्चता तथा दिगोपना घोषणा गर्नु भएको हो । पूर्ण खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम सफल पार्ने सहयोग गर्ने ८ वटै वडाका स्वास्थ्य संस्था प्रमुखहरुलाई प्रमाण पत्र सहित स–धन्यवाद सम्मान गरिएको छ ।
यस्तै वडा नं.२ रामपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुचारु गरिएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो । रामपुर स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालन गरिएको छ ।
आज सोमबारबाट सुरु भएको उक्त (ल्याब) प्रयोगशालामा विभिन्न ३९ प्रकारको परिक्षण तथा जाचँ सेवा उपलब्ध हुने बताइएको छ । यस ल्याब सेवा अत्याधुनिक र जिल्लाकै सुलभ तथा निम्न शुल्क सहित सञ्चालनमा रहेको छ ।
पालिका बासी सम्पूर्णमा महँगो शुल्क तिरी विभिन्न अस्पताल बाट लिनुपर्ने सेवा आफ्नै गाउँघरमा उपलब्ध भएको र भविष्यमा विशेषज्ञ एम.बि.बि.एस. डाक्टर सहितको सेवा उपलब्ध हुने भएकाले सम्पूर्णलाई यो सेवा उपयोग गर्न गाउँपालिका अध्यक्ष राईले आग्रह गर्नु भएको छ ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष राई, प्रमुख अतिथि उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत ओशो कर्ण, भौतिक पूर्वाधार विकास समिति संयोजक तथा १ का वडा अध्यक्ष कमल बहादुर बानिँया, कार्यपालिका सदस्य भक्त बहादुर सुनुवार, निरा तामाङ लगायत विभिन्न स्वास्थ्य चौकीका शाखा/ईकाइ प्रमुखहरु, वडा सचिव, कर्मचारी तथा बुद्धिजिवि वर्गहरु लगायतको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख बेदहरि दाहालले बताउनुभयो ।