सोलुखुम्बु, बैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।
परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँदैछ। शिक्षकहरूको २१ दिनदेखिको आन्दोलन र शिक्षामन्त्रीको राजीनामासँगै कक्षा १२ को परीक्षा सर्ने आशंका गरिएको थियो।