हिमालको काख सल्लेरीमा फस्टाउदै खरबुजाको व्यापार

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु, बैशाख ९ । हिमालको काख सोलुखुम्बुको सल्लेरीमा खरबुजाको व्यापार फस्ट्याउदै गएको छ । विगतमा विशेष गरि तराईमा बढी खपत हुने खरबुजाको पछिल्लो समय हिमाली जिल्ला सोलुखुम्बुमा माग बढेको हो । सल्लेरी चिसो भएपनि यहाँ खर्बुजाको बिक्री भइरहेको नयाँबजारका व्यापारी लक्ष्मण चौधरीले बताउनुभयो ।

ग्राहकले पछिल्लो समयमा खरबुजा खोज्नको लागि पसलमा समेत आउने गरेको उहाँले बताउनुभयो । मधेसबाट ल्याइको उक्त खरबुजा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । साप्ताहिक हाट नयाँ बजारमा मात्र नभइ सदरमुकाम सल्लेरी क्षेत्रमा पसल गर्नेहरुले तथा फलफूल पसलमा समेत खरबुजा बिक्री गर्ने गरिएको उनीहरुले बताएका छन् ।

खरबुजा यहाँका लागि नौलो फल भएकाले पनि ग्राहकहरुको ध्यान तान्ने गरेको व्यवसायीहरु बताउछन् । यसलाई आवश्यकता अनुसारको चाना काटेर तथा सिङ्गै ग्राहकहरुले घरमा लैजाने गरेको व्यापारीहरुको भनाइ रहेको छ । खान निकै स्वादिलो हुने भएकाले तथा गर्मीमा शितल गर्ने भएकाले आफ्नो रोजाइमा खरबुजा रहेको ग्राहक फूर्वा शेर्पाले बताउनुभयो ।

यद्यपी जिल्ला बाहिरबाट आयत गरिने भएकाले खाने बेलामा यसको गुणस्तर हेरर मात्र खादा स्वास्थ्यको लागि फाइदा हुने उहाँको भनाइ छ । खरबुजालाई मुखमा लगाएर स्वाद लिदै शेर्पाले सल्लेरीमा व्यापार बढ्नुमा तराईमा उत्पादन धेरै हुने भएकाले हिमाली  क्षेत्र तिर बिक्रेता आएका बताउनुभयो ।

सल्लेरीमा ३ दर्जन भन्दा बढी पसलहरुमा खरबुजा बिक्रीका लागि राखिएको छ भने दैनिक सय केजी भन्दा बढी बिक्री हुने गरेको व्यापारीहरुको भनाइ छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार