करदाता सेवा कार्यालय लुक्लाद्वारा लक्ष्यको ८८.६७ प्रतिशत राजस्व संकलन

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु, बैशाख ९ । करदाता सेवा कार्यालय लुक्ला सोलुखुम्बुले लक्ष्यको ८८.६७ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको अवधीमा ३ करोड ९० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन लक्ष्यको ८८.६७ प्रतिशत हुन आउँछ ।

९ महिनाको अवधीमा कार्यालयले ४ करोड ४० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि ८८.६७ प्रतिशत मात्रै राजस्व संकलन भएको कार्यालय प्रमुख दिनेश पौडेलले बताउनुभयो ।

कार्यालयले आयकर वापत २ करोड ५१ लाख, भाँडा करबाट २ लाख ९१ हजार, व्याजबाट २ हजार,आन्तरिक भ्याटबाट २० लाख ९० हजार र अन्यबाट २० लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार