सोलुखुम्बुमा खाद्य कम्पनीको २ करोड १८ लाख बढीको चामल बिक्री

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु, बैशाख १० । हिमाली जिल्ला सोलुखुम्बुमा खाद्यय कम्पनीको २ करोड १८ लाख बढीको चामल बिक्री भएको छ । सोलुखुम्बुमा ९ महिनाको अवधीमा २ करोड १८ लाख ८ हजार ८ सय ५० रुपैयाँको चामल बिक्री भएको हो ।

उक्त मुल्यको चामल २ हजार ६ सय दशमलव २५ क्वीन्टल भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सागर कुमार विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार शाखा कार्यालय सल्लेरीबाट १ करोड १६ लाख २७ हजार ३ सय ५० रुपैयाँ बराबरको १ हजार ४ सय ५६ क्वीन्टल चामल बक्री गरिएको छ । जसमा ७७ लाख ४८ हजार १ सय मुल्यको ८ सय ५७ क्वीन्टल स्टिम जिरा मसिना र २१ लाख ४५ हजार ६ सय २५ मुल्यको अरुवा सोना मन्सुली चामल बिक्री भएको छ ।

यस्तै जिल्ला कारागार सोलुखुम्बुलाई सम्झौता गरिए अनुसार १७ लाख ३३ हजार ६ सय २५ रुपैयाँको २ सय ५८ दशमलव ७५ क्वीन्टल चामल बिक्री गरिएको छ । यस्तै डिपो कार्यालय लुक्लाबाट चैत मसान्तसम्ममा ४८ लाख ३७ हजार ५ सय मुल्य बराबरको ४ सय ८३ दशमलव ७५ क्वीन्टल स्टिम जिरा चामल बिक्री भएको छ ।

यस्तै डिपो कार्यालय सोताङबाट १९ लाख ८० हजार बराबरको ३ सय क्वीन्टल अरूवा सोना मन्सुली र बिक्री केन्द्र खुम्जुङबाट ३४ लाख ४४ हजार रुपैयाँ बराबरको ३ सय ६० क्वीन्टल चामल बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार