हिउँमा पुरिएर बाँच्नु भएका शेर्पाको फेरियो जीवनको गोरेटो

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु,बैशाख ११ । सन् २०१५ को एप्रिलमा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गएको भीषण हिमपहिरोपछि सोलुखुम्बुका डेन्डी शेर्पाले पर्वतारोहण पेसा नै छाडिदिएको बताउनुभयो । आरोहण दलमा ’हेड कुक’ का रूपमा काम गर्ने उहाँले त्यो दिन सुरक्षित मानिने आधार शिविरमा बसिरहेको समयमा आफ्ना दुई आफन्त गुमाउनु भएको थियो ।

उहाले सम्झनुभयो, “भूकम्पले हल्लाउन छाड्दा हाम्रो आधा शरीर हिउँभित्र रहेछ । चिनेका दाइहरूले आएर हामीलाई उद्धार गरेर उनीहरूको शिविरमा लगेछन् भनेर मैले बेलुका मात्रै थाह पाएँ। खुट्टामा जुत्ता पनि थिएन, हामी टिसर्ट मात्र लगाएको अवस्थामा रहेछौँ। तर जुनजुन साथीभाइहरू भागेछन्, उनीहरू झन् ठूलो दुर्घटनामा परे।“

उहाँलाई लाग्छ, सगरमाथामा ज्यान गुमाउन सयौँ अरू कारण र ठाउँहरू छन्। तर हिमाल नउक्लिँदै आधार शिविरमा भोगेको त्यो दुर्लभ विपद्को पीडाले उहाँ र उहाँको परिवारलाई अझै पछ्याइरहेको छ।
नेपालमा झन्डै ९ हजार मानिसहरूको ज्यानको लिएको र करिब २२ हजार जनालाई घाइते बनाएको ७.८ म्याग्निट्यूडको भूकम्पका कारण सगरमाथामा गएको हिमपहिरोले एकै दिनमा हालसम्मकै सर्वाधिक ठूलोमध्येको मानवीय क्षति गराएको थियो ।

त्यसपछि सो वर्ष इतिहासमा नै पहिलो पटक नेपाल र चीन दुवैतर्फबाट वसन्त याममा सगरमाथा आरोहण बन्द गरिएको थियो। आफ्नो समूहमा रहेका विदेशी आरोहीहरू पहिलो र दोस्रो शिविरमा पुगिसकेकाले त्यो दिन डेन्डी शेर्पाले चिकित्सक र व्यवस्थापकलाई मात्र बिहानको खाना खुवाउनु परेको बताउनुभयो ।

त्यसपछि उहाँ आफूचाहिँ नजिकै रहेको नेपाली भान्छामा खाना खान गएका थिए । त्यहाँ हाँसखेल चल्दै थियो तर क्षणभरमै वातावरण रोदनमा परिणत भयो। डेन्डीसँगै भान्सामा काम गर्ने उहाँका भाइ पेम्बा र उहाँका काका जाङ्ग्बुले उक्त हिमपहिरोमा ज्यान गुमाएका थिए ।

भारतको मैसूरस्थित गुम्बामा पढाइ छाडेर नेपाल फर्किएका पेम्बा रोजगारीका लागि पहिलो पटक आरोहण दलसँगै त्यो साल आधार शिविरमा गएका थिए । त्यतिखेर ५३ वर्षका जाङ्ग्बु भने झन्डै २० वर्षदेखि सहायक कुकको काम गर्दै आएका थिए।

“केही साथीहरू क्याम्प २ गएर सामान पु¥याएर टेन्टमा आराम गरिरहेका थिए। त्यो अवस्थामा सुतेको मान्छे सुतेको सुत्यै भएछन्। मलाई मेरो भाइ त्यही बेला बितेको भन्ने थाहा भयो। काकालाई टाउकोमा चोट लागेको थियो। उहाँको केही दिनपछि काठमाण्डूमा अस्पतालमा ज्यान गयो।“ “काम गरेर पैसा कमाएर विवाह गर्छु भन्ने सोच मेरो भाइको थियो। तर पहिलो वर्षमा नै त्यो चकनाचुर भयो।“ उहाँले भन्नुभयो ।

भूकम्प गएको भोलिपल्ट सगरमाथा आधार शिविरबाट हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाण्डू ल्याइएका डेन्डीलाई टाउकोमा चार टाँका लगाउनुपरेको थियो । २०१५ मा आधार शिविरमा भएको मानवीय क्षति एकै दिनमा विश्वको सर्वोच्च शिखरमा भएको हालसम्मकै ठूलो हो ।

दुई महिनाकी छोरीसहित सुत्केरी श्रीमती छाडेर आधार शिविर हिँडेका डेन्डी अस्पतालबाट त्यो साँझ घर फर्कदा रुवाबासी चलेको थियो । उहाँ भन्नुहुन्छ, “परिवारलाई भेट्दा सुरुमा केही कुराकानी भएन । श्रीमतीले मलाई देख्नेबित्तिकै लगभग आधा घण्टा जति रुवाबासी चल्यो। भोलीपल्ट बिहानै म लुक्ला गएँ र त्यहाँबाट भाइको शव लिएर गाउँ गएपछि सबै जना शोकमा डुब्यौँ।“ भाइको अन्तिम संस्कार सकिएको एक हप्ता पनि नपुग्दै काठमाण्डूको अस्पतालमा उपचार गराइरहेका उहाँका काकाको मृत्युले परिवारमा अर्को वज्रपात थप्यो ।

“पुमोरीमा घरभन्दा ठूलो बरफको डरलाग्दो ढिक्का भाँचिएको मैले देखे। आँधीजस्तो भएर एकैचोटि बेस क्याम्पमा खसेपछि आधा बेस क्याम्पलाई नै उडाएको थियो । उहाँले भन्नुभयो ।“

दुई माइल क्षेत्रफलमा फैलिएको सगरमाथा आधार शिविर पर्वतारोहण सिजनमा सगरमाथा, ल्होत्से र नुप्त्से सहितका हिमाल चढ्न आउने संसारभरका आरोहीहरू जम्मा हुने ’टेन्ट सहर’मा परिणत हुने गर्छ।
दश वर्षअघि एप्रिल २५ मा विनाशकारी भूकम्प गएको समयमा त्यहाँ झन्डै दुई हजार मानिसहरू रहेको ठानिन्छ । सात पटक सगरमाथाको सफल आरोहण गरिसकेका लाक्पा शेर्पा हिमपहिरो आएको बेला सेभन समिट ट्रेकिङमा आबद्ध थिए।
उहाँ आफ्नो समूहसँग आरोहणको योजना बनाउन व्यस्त रहनु भएको थियो । त्यही बेला भूकम्प गयो। “एउटा गाइड भएको नाताले हल्लाएको थाहा हुनेबित्तिकै क्याम्पभित्र बस्नुहुन्न भन्ने लाग्यो। बाहिर निस्कँदा पुमोरीको त्यो डरलाग्दो, घरभन्दा ठूलो बरफको ढिक्का भाँचिएको आफैले देख्नुभयो । त्यो खसेर ड्याम्म बेस क्याम्पमा बज्रिएको हो।“

त्यसपछि अँध्यारो छाएको उल्लेख गर्दै उहाँले थप्पुभयो, “बरफका ढिक्काहरू आँधीजस्तो भएर एकैचोटि बेस क्याम्पमा खसेपछि आधा बेस क्याम्पलाई नै उडाएको थियो । जोजति पनि टेन्टभित्र थिए, ती सबैलाई टेन्टसहित उडायो । “लाक्पा शेर्पा घरभन्दा ठूलो बरफको ढिक्का भाँचिएर खसेको आफूले देखेको बताउनुभयो ।

। आफ्नो शिविर खुम्बु आइसफल नजिकैको माथिल्लो भागमा रहेकाले सुरक्षित रहेको भन्दै उहाँले अर्को दिशामा अवस्थित पुमोरी नजिकैका शिविर हिमपहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो , “कोही आरोहीहरू क्याम्पमा सुतिरहँदा टेन्टसहित उडाइदिएको थियो। बरफको कारणले चोट लागेपछि बाहिरबाट घाउ नदेखिए पनि आन्तरिक रक्तस्राव हुने रहेछ। बचाउँदा बचाउँदै पनि ज्यान गएको देख्नुप¥यो । त्यो ज्यादै दुःखद क्षण थियो।“ भूकम्पले आधार शिविरलाई निरन्तर हल्लाइरहेपछि त्यहाँ रहेकाहरूको सातो गयो ।

लाक्पा भन्नुहुन्छ, “त्यहाँ सुरक्षाको पनि केही उपाय थिएन। सुरुमा आफू कसरी बाँच्ने भन्ने कुरा भयो। जब परिस्थिति अलिकति शान्त भयो, अनि मात्रै हामी उद्धारमा सक्रिय भएको हो।“ “त्यो बेला म तीनचार जनाको टोली लिएर खुम्बु आइसफलतिर कुदेको थिएँ।

शरीरको अरू भाग हिउँले छोपेर टाउको मात्र बाहिर भएकाहरूलाई हामीले उद्धार ग¥यौँ र बचाएर ल्यायौँ। सबै जना त्रसित थियौँ। नेपालको अरू भागमा के भएको थियो, हामीलाई थाहा थिएन।“ भूकम्प गएको भोलिपल्ट आधार शिविरबाट घाइतेहरूको उद्धार गरिएको थियो ।

सगरमाथा आधार शिविरमा हिमपहिरोमा परेर ७० जनाभन्दा बढी घाइते भएको तथ्याङ्क छ । गर्भवती श्रीमती छाडेर सगरमाथा गएका लाक्पा भने सगरमाथा आधार शिविरबाट दुई दिनपछि काठमाण्डू पुग्नुभयो ।

राजधानी काठमाण्डूमा निरन्तर परकम्पहरू गइरहँदा केही महिनापछि उहाँका छोराको जन्म भएको थियो । उनी यो साल दश वर्ष पुग्दै छन्। दर्जनौँ आरोहीहरूलाई त्यस बेला झन्डै १९ हजार फिटमा अवस्थित पहिलो शिविरबाट उद्धार गरिएको थियो ।

दर्जनौँ आरोहीहरूलाई त्यस बेला झन्डै १९ हजार फिटमा अवस्थित पहिलो शिविरबाट उद्धार गरिएको थियो । सन् २०१४ मा पनि सगरमाथामा भीषण हिमपहिरो जाँदा १६ जना नेपाली शेर्पा गाइडहरूको खुम्बु आइसफलमा मृत्यु भएको थियो ।
त्यसको अर्को साल सगरमाथाको सबैभन्दा सुरक्षित ठाउँमा भूकम्पसँगै आएको हिमपहिरोले कम्तीमा २२ जनाको ज्यान लिएपछि उक्त घटनाले संसारलाई नै स्तब्ध तुल्याइ दिएको थियो ।

नेपालमा पर्वतारोहणमा लागेका धेरैले उक्त दिनलाई कालो दिनका रूपमा लिन्छन्। त्यस दिन सगरमाथाको माथितिर चढ्दै गरेका कति आरोहीहरूलाई तल आधार शिविरमा भएको क्षतिबारे घण्टौँसम्म थाहा नै भएन। हामीले खुम्बु आइसफलको पश्चिमपट्टिको भित्तामा शक्तिशाली हावाको विस्फोटन महसुस ग¥यौँ। दुवै तिरबाट हिमपहिरो गयो। हामीलाई लाग्यो अब सबै सकियो र हामी मर्ने भयौँ, उहाँले भन्नुभयो ।“

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार