सोलुखुम्बु, बैशाख ११ । ओखलढुंगाको मोलुङ गाउँपालिकाले शुक्रबारबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आज बिहिबार एक सूचना निकाल्दै पालिकाले बैशाख १२ गते शुक्रबारबाट विद्यालय नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा पठनपाठन प्रारम्भ गर्न शिक्षकहरुकै सहभागितामा वैशाख २ गते देखि विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रम समेटिएको शैक्षिक कार्यपात्रो निर्माण भएको सर्वविधितै भएकाले सोही अनुसार कार्यन्वयन गर्नु पर्ने बताइएको छ ।
पालिका अध्यक्ष उत्तम राईले हस्तारक्षर गरेको पत्रमा बोधार्थमा शिक्षा, युवा तथा खेलकुद शाखा, मोलुङ गाउँपालिकालाई निर्णय कार्यान्वयनको प्रवन्ध मिलाउन भनिएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो।
२ गतेबाट नयाँ विद्यार्थी भर्ना गरेर पठान पाठन गर्नु भए पनि शिक्षक आन्दोलनले विद्यालय प्रभावित भएको छ । गत चैत २० गतेदेखी आन्दोलन गर्दै आएका शिक्षकको माग सरकारले सम्बोधन गर्न नसक्दा पठनपाठन बन्द भएको छ ।