जिल्ला कारागारमा रहेका ५ कैदिबन्दिलाई नागरिकता वितरण

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु, बैशाख १२ । जिल्ला कारागार सोलुखुम्बुका ५ कैदिबन्दिलाई प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नागरिकता वितरण गर्नु भएको छ । आज शुक्रबार कारागारमै पुगेर उहाँले नागरिकता वितरण गर्नु भएको हो ।

३ जना पुरुष र २ जना महिलालाई कैदिलाई नागरिकता वितरण गरिएको उँहाले बताउनुभयो । जसमा २ जना महिला र एक जनालाई पुरुषलाई प्रतिलिपी र २ जना पुरुषलाई नयाँ नागरिकता वितरण गरिएको हो ।

कैदी जीवन बिताइ रहेका उनिहरुलाई नेपाली नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीमा घिमिरे आए पश्चात् ३ महिला, ६ पुरुष नयाँ र प्रतिलिपीमा १ महिला र ४ पुरुषलाई गरेर हालसम्म १४ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको छ ।

यस्तै हालसम्म ५५ जना कैदी बन्दीहरुको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । उनीहरूको कारागारमै गएर विवरण दर्ता गरिएको हो ।

हाल जिल्ला कारागारमा ९८ कैदी बन्दी रहेका छन। जसमा ८६ जना पुरुष, ११ जना महिला र एक जना बच्चा रहेका जिल्ला कारागारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार