बराहपोखरी गाउँपालिका ४ को वडा कार्यालय भवन शिलान्यास

  नवराज सिग्देल
539 Shares

सोलुखुम्बु, बैशाख १२ । खोटाङको बराहपोखरी गाउँपालिका ४ फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । आज शुक्रबार वडा अध्यक्ष सन्तोष आचार्यसहित पालिका अध्यक्ष शालिकराम बन्जाराको उपस्थितिमा फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको हो । उक्त भवन निमार्णका लागि बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

उपभोक्ता समिति मार्फत निमार्ण गरिने भवन आगामी असार १० गतेभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष आर्चायले बताउनुभयो । पालिकाले छुट्टाएको ५३ लाख र उपभोक्ता समितिको ५ लाख गरेर कुल ५८ लाख भन्दा बढीको लागतमा भवन निमार्ण गरिने छ ।

निमार्ण गर्न लागिएको १ तले भवनमा एउटा बैठक हलसहित ४ वटा कोठा रहने छन् । यस्तै ट्वाइलेट तथा बाथरुम समेत रहने बताइएको छ । पुरानो भवनबाट सेवा प्रदान गर्न असहज भइराखेकाले नयाँ भवन निमार्ण सम्पन्न भए पश्चात सेवा प्रवाहमा थप सहज हुने विश्वास रहेको छ ।

जग्गा प्रक्रियामा केहि ढिलाइ भएकाले भवन निमार्णमा समेत ढिलाइ भएको वडाध्यक्ष आर्चायले बताउनुभयो । जनताको काम गर्न आफू सधैभर सक्रिय लागि परेको उहाँको भनाइ रहेको छ ।

वडा कार्यालय भवन निर्माणका लागि सोही वडा निवासी नईन्द्र राई र श्रीमती अमृता राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

भवन शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष बन्जरा, वडा अध्यक्ष आर्चाय, पालिकाका कर्मचारीहरु तथा वडाबासीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार