उद्योग वाणिज्य संघ सोलुखुम्बुद्वारा ७१ जनालाई तालिम प्रदान

  हिमाल समाचार
238 Shares

सोलुखुम्बु, बैशाख १२ । उद्योग वाणिज्य संघ सोलुखुम्बुले ७१ जना करदातालाई निशुल्क तालिम प्रदान गरेको छ । हिजो बिहिबार र आज शुक्रबार गरेर दुई सञ्चालन भएको तालिममा ७१ जना करदाता लाई तालिम प्रदान गरिएको हो ।

तालिममा खरिद बिक्री, भ्याट खरिद, भ्याट बिक्री, प्यान खरिद, प्यान बिक्री, लेदर खाता, खरिद बिक्री खाता, डेट आय कर सम्बन्धिको तालिम प्रदान गरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष भानुभक्त उपाध्यायले बताउनुभयो ।

तत्काललाई व्यवसाहीले गर्नु पर्ने सम्पूर्ण कार्यहरु सिकाइएको उहाँले बताउनुभयो । तालिमको प्रशिक्षण उपाध्याय आफैले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार