खुम्बुमा लडेर बेहोस भएका राईलाई प्रहरी र स्थानीयबासीले गरे उद्धार

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु, बैशाख १३ । खुम्बुमा लडेर बेहोस भएका छत्र राईलाई नेपाल  प्रहरी र स्थानीयबासीले  उद्धार गरेको छन् । आज शनिबार खुम्बु पासाङल्हामु गाउँपालिका ५ टोपडाँडा बस्ने बुप्साका राईलाई इलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको टोलीको प्रहरी र स्थानीयबासीले  उद्धार गरेको हुन् ।

२५ बर्षीय राई दिउँसो १ बजेर ४५ मिनेट तिर लढेर बेहोस भएका थिए ।  बेहोस राईलाई उपचारका लागि नाम्चेमा रहेको ओम होङगिल नाम्चे सामुदायिक अस्पतालमा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनी सामान्य रुपमा बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार