बाबुको धारिलो हतियार प्रहारबाट घाइते सोलु लोखिमकी बालिकाको मृत्यु

  हिमाल समाचार
392 Shares

सोलुखुम्बु, बैशाख १४ । आफ्नै बाबुको धारिलो हतियार प्रहारबाट घाइते भएकी सोलुखुम्बुको लोखिमकी बालिका पवित्रा तामाङको मृत्यु भएको छ ।

५ वर्षीया तामाङको हिजो शनिबार बेलुका उपचारका क्रममा मृत्यु भएको थलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो ।

गत बैशाख ४ गते थलुङ दुधकोशी ९ का ३२ वर्षीय चाम कुमार तामाङले पाँच वर्षीया छोरीलाई धारिलो हतियार प्रहारबाट घाइते भएकी छोरीलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्ठौं लगिएको थियो । हाल खुकुरी प्रहार गर्ने बाबु भने प्रहरीको हिरासतमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार