सोलुखुम्बु, बैशाख १४ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ३ हजार बढी थान नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी चैत्र मसान्तसम्मको अवधीमा ३ हजार ६५ थान नागरिकता जारी गरेको हो ।
जसमा १ हजार ६ सय ९८ थान नयाँ, १ हजार ३ सय ५० थान प्रतिलिपि, गैरआवासीय ९, आमाबाट ८, तथा अंगीकृत १ थान नागरिकता जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि सापकोटाले बताउनुभयो ।
यस्तै सोही अवधीमा ४ जनाले नेपाली नागरिकता परित्याग गरेको प्रशासनले जनाएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार साउनमा नयाँ र प्रतिलिपि गरेर ४ सय, भदौमा २ सय ६६, असोजमा १ सय ५८, कार्तिकमा ३ सय ७०, मंसिरमा ३ सय ६९, पुसमा ३ सय ७८, माघमा ४ सय ४२, फागुनमा ३ सय ५२ र चैतमा ३ सय ३१ थान नागरिकता जारी भएका छन् ।