रक्षामन्त्री राईद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु, चैत १५ । सोलुखुम्बु जिल्लाबाट निर्वाचित सांसद एवं रक्षा मन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री राईले आज सोमबार संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८० र २०८०र८१ पेस गर्नुभएको हो ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार