राष्ट्रिय गौरवका आयोजनालाई पुन बिचार गर्नुपर्छ : रक्षा मन्त्री राई

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु, बैशाख १६ । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं सरकारका रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्न जरुरी रहेको बताउनु भएको छ । आज  मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।


थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ ।

उहाँले भने राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो पनि मत भएकाले यसलाई पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनामा नराखि नहुने छ भने त्यसलाई राख्नुपर्ने तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुने उहाँले धारणा राख्नु भएको थियो ।

रक्षामन्त्री राईले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने बताउनुभयो । गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको उहाँले बताउनुभयो ।

– फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार