ओखलढुंगामा बाइक दुर्घटना, सोलुका एक जना घाइते

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु, बैशाख १६ । ओखलढुंगामा बाइक दुर्घटनामा घाइते भएकालाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ । आज मंगलबार दिउँसो जिल्लाको सिद्धिचरण नगरपालिका ६ देउरालीमा भएको बाइक दुर्घटनामा घाइते भएका सोलुखुम्बुको सिसाखोलाका ४१ वर्षीया अमृता विकलाई मिसन अस्पताल पठाइएको हो ।

विक आफ्नो माइत ओखलढुंगा जादै गरेको जनाइएको छ । सोलुखुम्बुबाट ओखलढुंगा जादै गरेको बा ४९ प २३४४ र विपरीत दिशाबाट आउदै गरेको बा ६८ प ९३६० नम्बरको बाइक एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरी चौकी ठाडेका प्रहरी हल्वदार रुपाधन राईले जानकारी दिनुभयो ।

ओखलढुंगाबाट सोलु आउदै गरेको बाइकका चालक हिराकाजी श्रेष्ठको भने दाहिने औँलामा सामान्य चोट लागेको छ । घुम्तिमा ब्रेक फेलको कारण बाइक दुर्घटना भएको अनुमान गरिएको छ । बाइक र चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार