सोलुखुम्बु, बैशाख १७ । सोलुदुधकुण्ड नगरपालिका ६ वडा कार्यालयमा अपांगता भएका व्यक्तिहरुसँग अन्तरक्रिया गरिएको छ । आज बुधबार सोलुदुधकुण्ड नगरपालिका ६ वडा कार्यालयमा उक्त अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्विकुमार राजभण्डारीले अपांगता भएका व्याक्तिहरुको लागि आफु सक्दो सहयोग गर्ने बताउनुभयो ।
धार्मिक मान्यतालाई हामीले मान्ने भएकाले पनि समाजमा अपांगता हुने गरेको उहाँको भनाइ रहेको थियो । मानिसले खानपानलाई समेत ध्यान दिएको खण्डमा केही माात्रामा भए पनि अपांगता कम हुने उहाँको भनाइ रहेको छ ।
यस्तै सोलुदुधकुण्ड नगरपालिका ६ का वडाअध्यक्ष एवं नगरप्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले आउदो वर्ष पनि अपांगता भएका व्यक्तिहरुलाई समेट्ने गरी बजेटको व्यवस्थापन गर्ने बताउनु भएको छ ।
विशेष गरेर समाजमा अपांगता भएकालाई हेप्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने र उनीहरुलाई हौसल्ला प्रदान गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
सोलुदुधकुण्ड नगरपालिकाका महिला विकास निरीक्षक रिता ढुंगानाले अपांगता भएका व्यक्तिहरुको लागि आवश्यकता अनुसारको कार्यक्रम गरिरहेको बताउनु भएको छ ।
गैर सरकारी सस्थांका अध्यक्ष दिपक राजभण्डारीले अपांगता भएका व्यक्तिलाई परिवारले नै हौसल्ला दिनु पर्ने बताउनुभयो ।
साथै परिवारले अपांगता भएकाको समस्यालाई बुझ्न आवश्यक रहेको धारणा राख्नु भएको थियो । यस्तै सोही कार्यक्रममा अपांगता भएकालाई हर्लेस समेत वितरण गरिएको छ ।
कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालय दोर्पूको समन्वय तथा सोलुदुधकुण्ड अपांगता मिलिजुली समुहको आयोजनामा गरिएको थियो ।