सोलुको छुल्यामुमा नगर प्रवक्ता शेर्पाद्वारा गरिमा अटो लिंक प्रा.लिको उद्वाटन

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु, बैशाख १७ । सोलुखुम्बुको छुल्यामुमा सोलुदुधकुण्ड नगरपालिका ६ का वडाअध्यक्ष एवं नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले गरिमा अटो लिंक प्रा.लिको उद्वाटन गर्नु भएको छ ।

आज बुधबार नगर प्रवक्ता शेर्पाले गरिमा अटो लिंक प्रा.लिको स्वरुम उद्वाटन गर्नु भएको हो । सोलुखुम्बुमा गरिमा अटो लिंक प्रा.लिले नयाँ स्वरुम खोलेको हो ।

यस अगाडी छिमेकी जिल्ला ओखलढुंगाबाट सेवा प्रवाह गरिरहेको प्रा.लिले अब सोलुुबाट पनि सेवा प्रदान गर्ने भएको हो । विशेष गरेर सोलुखुम्बुमा बजार व्यस्थित भएकाले शाखा खोलिएको देवान्स  ट्रेडिङ  ओखलढुंगाका प्रोपाइटर भुपाल खत्री ले बताउनुभयो ।

सोलुखुम्बु बासीका लागि बजाज कम्पनीको बाइक खरि गर्ने लागीको अबका दिनहरुमा सहज हुने उहाँले बताउनुभयो । बजाज कम्पनीका विभिन्न अफर आउने भएकाले मौकाको फाइदा लिन सकिने बताइएको छ ।

स्वरुमबाट सेवाग्राहीलाई कुनै पनि किसिमको समस्या नआउने गरी सेवा सुविधा प्रदान गर्ने खत्रीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार