सोलुखुम्बु, बैशाख १७ । कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जघांको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुक राईले हात पार्नु भएको हो ।
सिरिजघां गाउँपालिकाद्वारा आयोजित जिरिजघां पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी आफ्नो हातमा पार्नुभयो ।
यस्तै जुम्लाका धिरजबहादुर बुढा प्रतियोगितामा दोस्रो र बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्रो भएको म्याराथन व्यवस्थापनका संयोजक निक्की नेम्बाङले बताउनुभयो । प्रतियोगितामा दुई घण्टा दस मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय भएका उहाँले बताउनुभयो ।
प्रतियोगीतामा प्रथम हुनु भएका राईले २ लाख ८ हजार ५ सय ८६ रुपियाँ, दोस्रो हुनु भएका बुढाले १ लाख ८ हजार ५ सय ८६ र तेस्रो हुनुभएका लिम्बूले ५८ हजार ५ सय ८६ रुपियाँ सहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ।
कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले जानकारी दिनुभयो ।
पालिकाको ८ नम्बर वडा याम्फुदिनस्थित नयाँ झोरेनीदेखि दन्डु डाँडासम्मको पैदलमार्गमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।