सोलुखुम्बु, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट झण्डै १ हजार ४ सय जनाले राहदानी लिएका छन् । कार्यालयबाट साउन देखी चैत मसान्तसम्मको अवधीमा १ हजार ३ सय ९८ जनाले राहदानी लिएका हुन् । सोही अवधीमा १ हजार ३ सय २८ जनाले राहदानी प्राप्तीका लागि विवरण दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि सापकोटा अनुसार साउनमा २ सय ४६, भदौमा १ सय ५१, असोजमा १ सय ३५, कार्तिकमा १ सय ३०, मंसिरमा १ सय २८, पुुसमा १ सय ३९, माघमा २ सय ३४, फागुनमा १ सय २८ र चैतमा १ सय ७ जनाले विवरण दर्ता बुझिलिएका छन् ।
राहदानी लिनेमा ६ सय २ जना महिला र ७ सय ९६ जना पुरुष रहेका छन् । यस्तै सोही अवधीमा ४३ जना नावालकको सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
– फायल फोटो