सोलुदुधकुण्ड नगरपालिकाले बर्खामा ट्रयाक्टर र १० चक्के सवारी साधन सञ्चालनमा रोक लगाउने

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु, बैशाख १८ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले बर्खामा ट्रयाक्टर र १० चक्के सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैशाख ५ गते बसेको कार्यपालिका बैठकको निणर्य अनुसार नगरपालिकाले आगामी जेठ १५ गतेदेखी असोज ३० गतेसम्मका लागि ट्रयाक्टर तथा कच्ची सडक खण्डमा १० चक्के सवारी साधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।

ट्याक्टर तथा ठुला सवारी साधनले सडकको संरचनागत गुणस्तरमा गम्भिर क्षति पुग्ने, सवारी आवागमनमा अवरोध सिर्जना हुने र सडक मर्मत सम्भारमा नगरपालिकाबाट अत्याधिक रकम खर्च गर्नु पर्ने अवस्था आउने भएकाले रोक लगाउने निणर्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टुक्ति शेर्पाले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

– हेर्नुस नगरपालिकाले जारी गरेको सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार