सोलुखुम्बु, बैशाख १८ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा भगवान बुद्धको आनापान सती ध्यानको अभ्यास (प्रशिक्षण) हुने भएको छ ।
मोलुङ गाउँपलिका ६ श्रीचौरमा भगवान बुद्धको मुर्तीको प्राण प्रतिस्ठान कार्यक्रम धर्म गुरु कर्मा दुन्जुप (लोबेन) बाट वाङ अभिशेक कार्यक्रम भगवान बुद्धको आनापान सती ध्यानको अभ्यास (प्रशिक्षण) हुने भएको हो ।
कार्यक्रम यहि बैशाख २९ गते गरिने छ । आयोजक श्रीचौरमा भगवान बुद्धको मुर्ति स्थापना समितिको आयोजना, लाहुरे परिवार तथा मोलुङ गाउँपालिका प्रायोजकमा कार्यक्रम हुन लागेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।