सोलुखुम्बु, बैशाख १८ । नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा गोठमा आगलागी भएको छ । आज विहिबार नेचासल्यान गाउँपालिका २ सल्यान पुरानो गाउँ बस्ने युवराज बास्तोलाको गोठमा आगलागी भएको हो ।
टिनको छानो बासको बेरा भएको गोठमा खोले पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त गोठमा रहेका ३ वटा बाख्रा आगोमा परेर जलेका र एकवटा गाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उक्त घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी सल्यानबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो । आगलागीबाट गोठ पूर्ण रुपमा जलेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।