नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङद्वारा भित्तेपात्रो सार्वजनिक

  हिमाल समाचार
644 Shares

सोलुखुम्बु, बैशाख १९ । नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङले २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । हिजो विहिबार एक कार्यक्रमको आयोजना गरेर भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

“नेवाः देय् दवू राष्ट्र कै सानः भाषा, कला–संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति खोटाङको सभाहलमा नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङको अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा र संघीय सांसद सरस्वती बजिमयको प्रमुख आतिथ्यमा नेवाः देय् दवू खोटाङले २०८२ सालको भित्ते पात्रो विमोचन तथा जनप्रतिनिधिलाई सम्मान गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

नेवाः देय् दवू जिल्ला कार्य समितिले २०८२ सालको भित्ते पात्रो विमोचन साथै जिल्ला भित्र २०७९ मा निर्वाचित भएका गाउँपालिका अध्यक्ष, उपमेयर, गाउँपालिका उपाध्यक्ष, विभिन्न वडामा नेवारी समुदायबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

नेवाः देय् दवू खोटाङ भित्तेपात्रो विमोचन भए सँगै जिल्ला भरिका नेवार घरधुरीमा उक्त पात्रो वितरण गरिने नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङ सचिव यज्ञनारायण श्रेष्ठले बताउनुभयो ।

उक्त कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विसन राई, रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, जिल्ला भित्रका निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु, नेवाः देय् दवूका प्रदेश समिति सचिव, प्रदेश समिति सदस्यहरु, नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङको पूर्व अध्यक्ष, जिल्ला भित्रका विभिन्न नगर तथा गाउँपालिका अन्तर्गत नेवाः देय् दवू पालिका समिति अध्यक्ष, नेवार गुठीका अध्यक्षहरु साथै अन्य पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार