सोलुखुम्बुको पर्यटकीय स्थल गौरीटापमा ‘गेट वे टु एभरेस्ट’ आयोजना हुने

  हिमाल समाचार
336 Shares

सोलुखुम्ब, बैशाख १९ । सोलुखुम्बुको पर्यटकीय स्थल गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना हुने भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने सो क्षेत्रमा गेट वे टु एभरेस्ट’ थिममा आयोजना हुने भएको हो ।

तेस्रो संस्करणको स्पार्क एड्भेन्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले बताउनुभयो । यस ठाउँबाट सगरमाथासहित अन्य हिमालहरुको अवलोकन गर्न सकिन्छ भने सिजनमा फुलेको लालीगुँरासले आन्तरिक तथा बाह्य पर्यटकको समेत ध्यान तान्ने गरेको छ ।

गौरीटापलाई धार्मिक हिसाबले महत्वपूर्ण मानिएको छ । दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रर्वद्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेन्चर आयोजना गरिएको आयोजकले जनाएको छ । सहभागीहरुले बीवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार