ओखलढुंगाको श्रीचौरका महिलालाई क्षमता विकास तालिम प्रदान

  हिमाल समाचार
679 Shares

सोलुखुम्ब, बैशाख २० । ओखलढुंगाको श्रीचौरका महिलालाई २ दिने क्षमता विकास तालिम प्रदान गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ६ श्रीचौरका आमा समूह सञ्जालका लागि २ दिने क्षमता तथा सीप विकास तालिम प्रदान गरिएको हो ।

कार्यक्रम मोलुङ गाउँपालिका स्तरीय आमा समूह सञ्जाल ओखलढुंगाको आयोजनामा शुक्रबार र शनिबार भएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण जन स्वास्थ निरिक्षक मित्रमिनु ढकालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न आमा समुहका अध्यक्ष तथा सचिवहरू सहित ३० जना सदस्यहरूको उल्लेखनीय उपस्थित रहेको परिकल्पना स्वास्थ्य आमा समुह संञ्जालको सचिव लक्ष्मी बुढाथोकीले बताउनुभयो ।

विभिन्न विधामा सम्पन्न भएको कार्यक्रममा  समुह ब्यवस्थापन, आधाभुत उद्घघोषणकला तालिम, महिलाहरूको क्षमता विकास, नेतृत्व विकास गर्ने, सामाजिक हिंसा बाल विवाह, आर्थिक हिंसा, सम्पतिको दुरुपयोग वा आय आर्जन गर्ने कार्यबाट बन्चित, लैङ्गकि हिसांहरू जस्तै बलजफ्ती विवाह, मानसिक हिंसा, हानिकारक रूढिवादी जीवन चक्रअनुसार लैङ्गकि हिंसा लगायतको  बिषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न मनोरञ्जनको लागि योगा अभ्यास, संञ्चारको बिषयमा महत्त्वपूर्ण प्रस्तुत समेत गरिएको थियोे । सोही कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष कमल तामाङले शुभकामना मन्तब्य दिदै महिला दिदिबहिनीहरूलाई सिकेको कुरालाई ब्यबहार लागू गर्न समेत सुझाव दिनुभएको छ ।

उक्त तालिम मोलुङ गाउँपालिका ६ का वडा अध्यक्ष तामाङको प्रमुख अतिथित्यता तथा परिकल्पना स्वास्थ्य आमा समुह संञ्जाल श्रीचौरको अध्यक्ष थाकमाया सुनुवारको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा वडा सदस्य मानसिङ तामाङ तथा देबेन्द्र बहादुर तामाङ, सिपीएसडब्लुका संयोजक पदम कुमारी पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार