सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा निःशुल्क दन्त शिविर हुने

  हिमाल समाचार
175 Shares

सोलुखुम्ब, बैशाख २० । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा नि:शुल्क दन्त शिविर हुने भएको छ । सोलुखुम्बु डेन्टल क्लिनिक र खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजना तथा १ नम्बर वडा कार्यालयको समन्वयमा यहि जेठ ३ र ४ गते २ दिन नि:शुल्क दन्त शिविर हुने भएको हो ।

शिविरमा दाँत निकाल्ने, दाँत भर्ने र दाँत सफा गरिने सोलुखुम्बु डेन्टल क्लिनिकका सञ्चालक केबी घिमिरेले बताउनुभयो ।

गाउँ गाउँमा दाँतको समस्या लिएर बसेका नागरिकलाई सेवा प्रदान गर्नका लागि दन्त शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो । दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक एवं दन्त स्वास्थकर्मीको  संलग्नतामा शिविर गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार