सोलुखुम्बु, बैशाख २२ । सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पसमा २५ गते स्ववियु चुनाव हुने भएको छ । गत चैत्र ५ गते हुने भनिएको भए पनि विविध कारणले स्थगित भएको स्ववियु चुनाव यहि बैशाख २५ गते हुने भएको हो ।
उक्त चुनावका लागि अनेरास्ववियु र अखिल क्रान्तिकारी (प्रगतिशील) गठबन्धनबाट मिलन नाछिरिङलाई सभापतिको उम्मेद्वार बनाइएको अखिल क्रान्तिकारी संगठन जिल्ला अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।
यस्तै सचिवमा दल बहादुर कुलुङ, कोषाध्यक्षमा सविना कुलुङ, सदस्यहरुमा प्रमिला बस्नेत, छिमी शेर्पा र फुरा शेर्पाले उम्मेद्वार दिइएका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसार कमिटी, सोताङ पब्लिक क्याम्पस सोलुखुम्बुले जनाएको छ । उक्त क्याम्पसमा २ सय हाराहारी विद्यार्थी अध्ययनरत रहेका छन् ।