खोटाङका ४ जनालाई नागरिकता प्रदान गर्न प्रदेश मन्त्री राईको आग्रह

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु, बैशाख २२ । नागरिकता नपाएका खोटाङका ४ जनालाई नागरिकता प्रदान गर्न कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेसँग आग्रह गर्नु भएको छ ।

केहि सञ्चार माध्यमबाट प्रशासनले नागरिकता प्रदान नगरेको समाचार प्रकाशित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री राईले उनीहरूलाई सहज तरिकाले नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नु भएको हो ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ बुइपा खिरिका वीरबहादुर आलेका २९ वर्षीय छोरी राधा आले, २८ वर्षीय छोरा मोहन आले र २२ वर्षीय कान्छी छोरी सरस्वती आले र ऐसेलुखर्क गाउँपालिका–४ जलेस्वरीका ६७ वर्षीय गीता खत्रीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रहरीको मुचुल्का आएपछि ४ जनालाई नागरिकता प्रदान गरिने बताउनु भएको छ।

पछिल्लो समयमा जिल्ला प्रशासनले सेवाग्राहीलाई दुख दिने गरेको गुनासो खोटाङवासीले गर्दै आएका छन् । मन्त्रीलाई खोटाङ जिल्ला क्षेत्र नं. (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार