सोलुखुम्बुमा कुटपिटबाट एक जनाको हत्या

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु, बैशाख २२ । सोलुखुम्बुमा कुटपिटबाट एक जनाको हत्या भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ३ थाप्रेमा दाउरा बोक्ने क्रममा दाउराको विषयलाई लिएर कुटपिट गरी एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीला अनुसार आइतबार दिउँसो अन्दाजी ३ः३० बजे तिर पिकेपोख बस्ने ङवाङ शेर्पा र लिखुपिके गाउँपालिका १ गोलिका जन्तरे भन्ने पेम्वा तामाङको एक आपसमा झगडा भएको थियोे ।

उक्त झगडामा घाइते भएका शेर्पाको सोमबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । ।

प्रहरी चौकी तामाखानीबाट खटिएको प्रहरी टोलिले शवको कानूनी प्रकृया पुरा गरी आफन्तलाई जिम्मा लगाएको छ भने कुटपिट पश्चात फरार रहेका जन्तरे भन्ने तामाङलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तामाङ उपर सोलुखुम्बु जिल्ला अदालतबाट दिन १० को म्याद थप लिई अनुसन्धान भई रहेको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका  प्रहरी निरीक्षक सूचना अधिकारी प्रविण श्रेष्ठले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार