सोलुखुम्बुका २६८ घरधुरीमा फाइबर इन्टरनेट जडान

  हिमाल समाचार
371 Shares

सोलुखुम्बु, वैशाख २२ । सोलुखुम्बु जिल्लामा सूचना तथा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले फाइबर इन्टरनेट सेवा विस्तार गरिएको छ । साउन महिनादेखि वैशाख २० गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानका २ सय ६८ घरधुरीमा फाइबर इन्टरनेट जडान गरिएको नेपाल टेलिकम सल्लेरीका निमित्त कार्यालय प्रमुख कृष्ण महतोले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको सहकार्यमा सञ्चालित यस अभियान अन्तर्गत दुर्गम क्षेत्रसम्म प्रविधिको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । इन्टरनेट जडानसँगै स्थानीय बासिन्दाले अब सहज रूपमा अनलाइन शिक्षा, सञ्चार, बैंकिङ तथा सरकारी सेवाहरू उपयोग गर्न पाउने भएका छन् ।

स्थानीय तह तथा सम्बन्धित प्रविधि कम्पनीहरूको समन्वयमा सञ्चालित यस अभियानले डिजिटल सोलुखुम्बु निर्माणतर्फ सकारात्मक संकेत दिएको छ । यस कार्यले सोलुखुम्बु जस्ता हिमाली जिल्लाहरूमा प्रविधिमैत्री वातावरण निर्माण गर्न थप टेवा पु¥याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार