उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु, बैशाख २३ । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर  बालकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो।

सोमबार दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।

साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको  थप अनुसन्धान हुने बताउनुभएको छ । पछिल्लो दिनहरुमा चट्याङका कारणले देश भर नै मानवीय क्षती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार