सोलुखुम्बुको केरुङ वडा कार्यालयको राजस्व झण्डै १९ लाख ४९ हजार

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको केरुङ वडा कार्यालयले राजस्व झण्डै १९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ८ नम्बर वडा कार्यालयले चालु वर्षको साउनदेखी चैत मसान्तसम्मको अवधीमा १९ लाख ४७ हजार ९ सय ८६ रुपैयाँ राजस्व संकलन गरेको हो ।

 ५ वटा शिर्षकमा उक्त राजस्व संकलन गरिएको वडा अध्यक्ष पासाङ कटवालले बताउनुभयो ।

उहाँका अनुसार काठ निकासी वापत ११ लाख ३१ हजार ८ सय ५०, सेवा शुल्क दस्तुर २ लाख ५५ हजार ९ सय, घर बहाल कर वापत ५६ हजार १ सय ४०, भूमी मालपोत कर ४ लाख ४७ हजार ६ सय २८ रुपैयाँ र अन्य विषयको कर ४० हजार ४९ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार