विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील छ : रक्षामन्त्री राई

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बु जिल्लाबाट निवार्चित सांसद् एवं सरकारका रक्षामन्त्री मानवीर राईले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील रहेको बताउनु भएको छ । आज बुधबार मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानका बारेमा विश्वभरबाट प्रशंसा भइरहेको मन्त्री राईको भनाइ छ । यस्तै राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको मन्त्री राईले बताउनुभयो ।

उहाँले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो । काठमाडौँतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सोही आधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको उहाँको भनाइ छ । द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले त्यससम्बन्धी निर्णय भइसकेपछि उपत्यका बाहिर द्रूतमार्गको जमिनको कुनै समस्या नहुने स्पष्ट पार्नु भएको छ ।

द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खनिसकिएको भन्दै चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने दिँदै मन्त्री राईले बताउनुभयो । दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पु¥याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उहाँको भनाइ छ ।

–  फायल फोटो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार