नेले विकास समाज र हेल्पिङ्ग हेण्ड्स अस्पताल बीच सम्झौता, थुलुङ दुधकोशीबासीलाई सहुलियत

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु, बैशाख २५ । सोलुखुम्बुको समाजिक संस्था नेले विकास समाज र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल बीच सम्झौता भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबासीलाई स्वास्थ्य उपचारमा सहुलियत होस् भन्ने हेतुले विहिबार नेले विकास समाज र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल चावहिल काठमाडौ  बीच करारनामा सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पतालले नेले विकास समाज सदस्य तथा निजका आश्रीत परिवारहरुले स्वास्थ्य सेवा लिदा निश्चित प्रतिशत छुट हुने समाजका अध्यक्ष रोशनबाबू थुलुङले जानकारी दिनुभयो ।

सम्झौता अनुसार हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पतालले नेले बिकासका सदस्यलाई ओ.पि.डी. जनरल/विशेषज्ञमा ७५ र १० प्रतिशत छुट, जनरल बेडमा ५० प्रतिशत, डिलक्स क्याविन र सुपर डिलक्स क्याविन १५/१५ प्रतिशत, प्याथोलोजी ल्याव तथा एक्स रेमा २० प्रतिशत, भिडियो एक्स रे, इकोकार्डियोग्रापि र अपरेशन थियटर चार्जमा १०/१० प्रतिशत, प्रसुती सेवामा २० र फार्मेसीमा ७ प्रतिशत छुट गरिने उल्लेख छ ।

२ वर्षको करारनामा पत्रमा अस्पताल हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पतालका प्रशासक प्रशासक डा. रविन पोखरेल र नेले विकास समाज अध्यक्ष रोशन बाबु थुलुङ्ले हस्ताक्षर गर्नु  भएको छ ।

यससँगै थुलुङ दुधकोशी गाउँपालिकाका गरिब तथा असाहाय नागरिकहरुले समेत काठमाडौमा गएर सहुलियत रुपमा स्वास्थ्य सेवा लिन पाउने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार