सोलुखुम्बु, बैशाख २५ । साहित्यिक क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्नका लागि विराट साहित्य सङ्गमको टोलीले सोलुुखुम्बु साहित्यिक कार्यक्रम गरेको छ । आज विहिबार सोलुखुम्बुको सदरमुकाम समेत रहेको सल्लेरीमा साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।
विराट साहित्य सङ्गमको आयोजनामा भएको कार्यक्रममा सोलुुखुम्बुबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आथिथ्यता भएको कार्यक्रममा विभिन्न सष्ट्राहरुको साहित्यलाई वाचन गरेर सुनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्यिक क्षेत्रबाट सोलुखुम्बु जिल्लामा अझ पर्यटकको संख्या बढाउन सकिने बताउनु भएको थियो ।
साथै उहाँले छिमेकी राष्ट्र भारतका पर्यटकहरुलाई विराट साहित्य सङ्गमले साहित्यबाट भ्रमणका लागि सोलु पठाउन आग्रह गर्नु भएको छ । भारतबाट पर्यटक आउन सकेको खण्डमा सोलुबासीलाई आर्थिक आर्जनका लागि अझ हौसल्ला मिल्ले प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री राजभण्डारीले बताउनुभयो ।
अवलोकन, सम्भाव्यता पहिचान र साहित्यिक माध्यमबाट प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको विराट साहित्य सङ्गम विराटनगरका आजिवन सदस्य सुजता राईले बताउनुभयो ।
यहि बैशाख को २१ गतेबाट सुरु भएको भ्रमण कार्यक्रम २७ गतेसम्म हुनेछ । यस अवधीमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सुनसरी, धनकुटा र भोजपुर गरेर ७ वटा जिल्लाको भ्रमण गरिने आयोजक विराट साहित्य सङ्गमले जनाइएको छ । साथै सोलुखुम्बु बासीले साहित्यिक भ्रमण टोलीलाई सम्मान गरेको बताइएको छ ।