ज्वालामाई मेलामा झण्डै ८ लाख भेटी र ७ तोला सुन संकलन

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङ स्थित ज्वालामाई देवीको मन्दिरमा झण्डै ८ लाख नगद भेटी संकलन भएको छ । कार्तिक १९ गते हरिबोदनी एकादशीदेखि पुर्णीमा सम्म लागेको मेलामा ७ लाख ९२ हजार रुपैयाँ नगद भेटी संकलन भएको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । मेलामा ७ तोला भन्दा बढी सुन, करिब एक कि...

पाँच कन्या ठकुमाला सेतिदेवी मन्दिररमा १० हजार बढी भेटी संकलन

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ सैबुक स्थित पाँच कन्या ठकुमाला सेतिदेवी मन्दिररमा १० हजार बढी भेटी संकलन भएको छ । हरेक वर्ष झै यस वर्षपनि हरिबोदनी एकादशीको अवसरमा लागेको मेलामा १० हजार ६५० रुपैयाँ भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष ङवाङ शेर्पाका अनुसार मेलामा आएका ...

बाख्रामै छ दाम : पत्तालेमा रिङकुको व्यवसायिक बाख्रापालन

सोलुखुम्बु  - कमाउनैका लागि ८ बर्ष दुवईमा विताएका सोलुखुम्बु पत्तालेका रिङकु मगर यतिबेला व्यवसायिक बाख्रापालनमा व्यस्त छन् । आर.के.बहुउद्देश्य बाख्रा तथा कृषि फार्म स्थापना गरेर अघि बढेका मगरको फार्ममा बाख्राको संख्या बर्षेनी बढिरहेका छन् । सोलु पत्ताले हावापानीको हिसावले चिसो ठाउँ हो । तर चरन क्षेत्र सहजताका कारण बाख...

सोलुखुम्बुका प्रतिनिधिसभा उम्मेद्वारले बढीमा ३३ लाख खर्च गर्न पाउने

सोलुखुम्बु - सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेद्वारले अधिकतम ३३ लाख रुपैयाँ सम्म मात्रै खर्च गर्न पाउने भएका छन् । आयोगले निर्धारण गरेको खर्च सीमा अनुसार जिल्लाका प्रतिनिधिसभा सदस्यले प्रति उम्मेद्वार अधिकतम ३३ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न नपाउने भएका हुन् । यस्तै प्रदेशसभा तर्फ क्षेत्र १ तर्फका उम्मेद्वारले अ...

तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बर

चेली र माईति विच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाई टिकापछि माईतिले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्मा...

महिला सहकारीले गरे ६५ वर्षमाथिका शेयर सदस्यलाई सम्मान

सोलुखुम्बु - सोलुखुम्बुको हिमालचुलि सिर्जनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्लेरीले ६५ वर्ष माथिका ११ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १४ औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आफ्ना ११ जना सदस्यहरुलाई दोसल्ला, सम्मानपत्र र खादा ओडाई सम्मानित गरिएको सहकारीका कोषाध्यक्ष मुना खत्रीले जानकारी दिइन् ।...

अज्ञात व्यक्तिले किबीको बोट फडानी गर्दा लाखौँको क्षति

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मैदेलमा अज्ञात व्यक्तिले किबीको बोटहरु फडानी गर्दा लाखौँको क्षति भएको छ । स्थानीय फुर्तिमान तामाङको बगानमा रहेको ११ बोट बयस्क किबीको बोट रातको समयमा अज्ञात व्यक्तिले फडानी गर्दा लाखौँको नोक्सानी भएको तामाङले बताए । चित्र गुप्ता बहुउदेश्य कृषि फार्म मार्फत करिब १२ र...

यात्रुसँग बढी भाडा लिने सवारीलाई सोलु प्रहरीले गरे कारबाही

सोलुखुम्बु - यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बु प्रहरीले कारबाही गरि बढी भाडा यात्रुलाई नै फिर्ता गराइएको छ । चाडपर्वको नाममा यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना.१ ज ५५२१ नम्बरको सुमोका चालक सिन्धुपाल्चोक घर भएका २७ वर्षीय विबेक खड्कालाई कारबाही गरि बढी भाडा फिर्ता गराइएको हो । ट्र...

माछापुच्छ्रे बैकं सल्लेरीले मनायो तेश्रो वार्षिक उत्सव

सोलुखुम्बु - सोलुखुम्बुको माछापुच्छ्रे बैकं लिमिटेड शाखा कार्यालय सल्लेरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७७ असोज १३ गते सल्लेरीमा खुलेको शाखा विहिबारबाट तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको हो । सो अवसरमा बैंकले सल्लेरीमा वार्षिक उत्सव मनाएको छ । जिल्लामा वित्तिय कारोबारको क्षेत्रमा थप टेवा पु¥याउने उदेश्...

सोलुको ग्रामिण विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आव्हान

सोलुको ग्रामिण विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आव्हान गरिएको छ । संघीय संसद प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘शुुरवीर’को पहलमा जिल्लाको विद्युतीकरणका लागि बिनियोजित बजेट बराबरको टेण्डर बिहिवार आव्हान भएको हो । यो टेण्डर प्रक्रिया पुरा भएसंगै १८ महिनाभित्र राईको ‘उज्यालो सोलुखुम्बु अभियान’...