खुम्बु पासाङ ल्हामु : सडक नै नपुगेको पालिकाको इन्धन खर्च ५ लाख !

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै सवारी मर्मत तथा इन्धनमा ५ लाख रकम खर्च गरेको छ । पालिका केन्द्रलाई नै सडक सञ्जालले जोड्न बाँकी रहेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्चमा ६ महिनामै करिब ५ लाख रुपैयाँ रकम खर्च गरेको हो । खुम्बुको ५ वडा मध्...

नेलेका अग्नि पीडितलाई आधा करोड बढी सहयोग रकम हस्तान्तरण

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई आधा करोड रुपैयाँ भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५...

मोेनभिसो फाउण्डेशनद्वारा नेलेका अग्नी पिडितलाई दुई लाख हस्तान्तरण

सोलुखुम्बु नेलेका अग्नि पीडित परिवारलाई मोनभिसो नेपाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । पुस ५ गते थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीबाट पीडित परिवारका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको फाउण्डेशनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले जानकारी दिए । सहयोग रकम बुधबार फाउण्डेशनका अध्यक्ष छोङवा...

क्रसरको ढुंगा उत्खनन गर्ने थलो बन्दै सोलुखोला

सोलुखुम्बु - सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भएपनि अहिले सोलुखोला क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । अहिले सोलुखोलाको विचबाट धमाधम ढुंगा निकालिरहेको छ भने ति ढुंगाहरु क्रसरमा ढुवानी हुने गरेको स्थानी...

सोलुखुम्बुमा काठ निकासी २ हजार क्यूफिटले घट्यो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा काठ निकासी २ हजार क्यूफिट भन्दा बढीले गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा काठ निकासी २ हजार ३९ दशमलव ६६ क्यूफिटले घटेको हो । आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा ६७ हजार ४ सय २६.८२ क्यूफिट काठ निकासी भएको थियो भने चालु आर्थि...

थुलुङ दूधकोशी अध्यक्ष राईले गरे एमबीबीएस पढाउन आवेदन आवहन

सोलुखुम्बु– सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् । खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने उनले निर्णय गरेका हुन् । पालिकाको चुनावमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि र...

खिजिदेम्बाको एक रिसोर्ट जलेर नष्ट, करोड बढीको क्षति

सोलुखुम्बु - ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । मंगलबार दिउँसो अन्दाजी साडे २ बजे दावा शेर्पाले सञ्चालन गरेको दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ । आगलागीबाट काठ र टिनले बनेक...

मध्य इङ्खुखोला हाईड्रोपावरले सार्वजनिक सुनुवाई गर्ने

सोलुखुम्बु - सोलुखुम्बुमा निर्माण गर्न लागिएको २७.९ मेगावाटको मध्य इङ्खुखोला जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ र सोताङ गाउँपालिका २ मा निर्माण हुन लागेको आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (EIA)का लागि सोताङमा आगामी शुक्रबार सार्वजनिक सुनवाई गरिने भएको हो । सोताङ ...

नेलेका अग्नि पिडितलाई कांग्रेस केन्द्रीय सदस्य शेर्पाले गरे आर्थिक सहयोग

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई नेपाली कांग्रेस केन्द्रीय सदखस्य आङ गेल शेर्पाले आर्थिक सहयोग गरेका छन् । नेता शेर्पाले शुक्रबार घटनास्थलमा पुगेर पीडीत परिवारलाई भेटि व्यत्तिगत रुपमा २० हजार आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग रकम अग्नि पीडित सहयोग समितिको कोषमा जम्मा...

सोलुमा ट्राफिक नियम उल्लंघन गर्ने क्रम २० प्रतिशतले बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुमा सवारी नियम उल्लंघन गर्नेको संख्या २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवारी नियम उल्लंघन गर्नेको संख्या २०.३८ प्रतिशतले बृद्धि भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ६ महि...