सोलु कांग्रेसका पुराना नेता बस्नेतको निधन, महामन्त्रीदेखि केन्द्रीय सदस्यहरुले गरे अन्तिम विदाई

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुका पुराना नेता चक्र बहादुर बस्नेतको निधन भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलका बस्नेतको आज विहीबार ८८ वर्षको उमेरमा काठमाण्डौँको कपन स्थित निजि निवासमा निधन भएको हो । वि.स. १९९२ कार्तिक १२ गते जन्म भएका बस्नेत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन काँगेल ...

कांग्रेस नेचासल्यानले गर्‍यो चाडपर्व लक्षित शुभकामना आदानप्रदान

सोलुखुम्बु - नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले नजिकिदै गरेको दसैँ, तिहार, छठ, नेपाल संवत् तथा उधौलीको अवसरमा आज विहीबार वडा नेचासल्यान ३ गणेशमान सिंह स्मृती प्रतिष्ठानको भवनमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम नेपाली कांग्रेस नेचास...

नेचासल्यान ४ मा सुरु भयो महिनाकाे एक बार श्रम बार अभियान

साेलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ ले आजबाट जनश्रमदान अभियान सुरु गरेको छ । वडा कार्यालयले दशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर महिनाको एक बार, श्रम बारको नारा सहित श्रमदान अभियानको सुरुवात गरेको हो । वडाको सिलिङ बजेट सानातिना विकास निर्माणमा खर्च गरेर सकिने र ठुला विकासे योजनाहरु प्रभावित ...

कांग्रेस कोशी प्रदेश सचेतक राईले चडेको गाडी फिर्ता

साेलुखुम्बु - नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफुले प्रयोग गर्दे आएको गाडी फिर्ता गनुभएको छ । राइले आज संसद सचिवालयलाई आफुले प्रयोग गर्दै आइरहेको स्कर्पियो गडी फिर्ता गरेको जानकारी गराउनुभएको हो । नेपाली कांग्रेस कोशी प्रदेशका संसदिय दलका नेता उद्धव थापाले संसदीय दलको नेताबाट राजिनामा दिएसँग...

८३ जना तिङलाबासीलाई राजधानीबाटै वडाका सेवा

साेलुखुम्बु - नेपाली कांग्रेस तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा सुरु भएको ३ दिने घुम्ती सेवा आज सम्पन्न भएको छ । काठमाण्डौमा रहेका वडाबासीहरुलाई वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु राजधानीबाटै दिनेगरि सुरु गरिएको घुम्ति सेवा आज सम्पन्न भएको हो । तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा स्थानिय जनप्रतिनिध...

रामपुर आवि माविको रुपमा सञ्चालन, प्रतिनिधी सभा सदस्य राईद्धारा उद्घाटन

साेलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका वडा नम्बर ४ कोफुको रामपुर आधारभुत विद्यालय लाई माध्यमिक विद्यालय सञ्चालन गर्नेगरि उद्घाटन गरिएको छ । विहिबार जिल्लाका प्रतिनिधी सभा सदस्य मानविर राईले गाउँपालिकाको रामपुर माध्यमिक विद्यालयमा मावि सञ्चालन गर्नका लागी उद्घाटन गर्नुभएको हो । माप्य दुधकोशी गाउँपालिकाले रा...

माओवादी केन्द्र सोलुदुधकुण्ड नगर कमिटी उपाध्यक्ष गुरुङमाथि साङ्घातिक आक्रमण

सोलुखुम्बु - नेकपा माओवादी केन्द्र सोलुदुधकुण्ड नगर कमिटी उपाध्यक्ष राजकुमार गुरुङ माथि साङ्घातिक आक्रमण भएको छ । गुरुङलाई गएराती आफ्नै निजि निवास सोलुदुधकुण्ड नगरपालिका ११ बेलीडाँडामा स्थानीय ४ जना युवाहरुको समुहले घरमै आएर आक्रमण गरी घाईते बनाएको परिवारले जनाएको छ । घाईते गुरुङको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार...

नेपाली कांग्रेस सोलु तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा राजधानी मै वडाका सेवाहरु प्रदान

सोलुखुम्बु : नेपाली कांग्रेस तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा आजबाट काठमाण्डौमा वडाबासीहरुलाई वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु दिइएको छ । तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा स्थानिय जनप्रतिनिधि सहित काठमाण्डौको कोटेश्वर भाटभटिनीसँगै रहेको ड्रीम हाउस इन्जिनियरिङ कन्स्लटेन्सीको कार्यालयबाट सेवा प्रवाह गरि...

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका कर्मचारीले गरे पेन डाउन

साेलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका कर्मचारीले अनिश्चितकालिन पेन डाउन गरेका छन । नेपाल सरकारले संसदमा पेश गर्न लागेको संघिय निजामती विधेयकमा स्थानीय तहका कर्मचारीको मर्म र भावनाको हित नभएको भन्दै गाउँपालिकामा स्वास्थ्य सेवा बाहेकका कर्मचारीले आज शुक्रबारबाट अनिश्चितकालका लागी पेन डाउन गरेका हुन । “संघिय...

हिमाल दर्शन माविको नयाँ विद्यालय भवन उद्घाटन

सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माविको नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालय भवन उद्घाटन तथा विद्यार्थी कल्याणकोषको स्थापना कार्यक्रमका विच आइतबार उक्त विद्यालय भवन उद्घाटन गरिएको हो । विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समितिका सांयोजक तथा ...