सोलुखुम्बुमा ‘हामी स्वयंसेवी’ अभियान सुरु

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा ‘हामी स्वयंसेवी’ अभियान सञ्चालन भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत सञ्चालन भएको अभियान सोलुखुम्बुमा आज(मंगलबार)बाट शुभारम्भ भएको होे । अभियान संचालन तथा व्यवस्थापनका लागि जिल्ला स्तरीय अनुगमन समिति गठन भएको छ । समितिको पहिलो बैठक प्रमुख जिल्ला अधिकारी अनिल खनाल...

२२ छात्रालाई उच्च शिक्षा हासिल गर्न टि.एस.डब्लु.को साथ, ५० हजारका दरले छात्रबृत्ति

लामो समय देखि शैक्षिक, आर्थिक तथा सामाजिक विकासका लागि काम गर्दै आएको द स्मल वर्ल्ड (टि.एस.डब्लु) ले सोलुखुम्बुका २२ जना विद्यार्थीलाई छात्राबृत्ति वितरण गरेको छ । गरिबी तथा पिछडिएका र जेहेन्दार छात्रालाई i am Proud to be a Girl नामक अभियान अन्तरगत उच्च शिक्षा हासिलका साथै महिला शसक्तिकरणका लागि छात्राबृत्ति उपलब्ध गरा...

लिखुपिकेका १९ शिक्षकले पाए प्रारम्भिक बाल विकास तालिम

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका १९ जना शिक्षकले प्रारम्भिक बाल विकास विषयक तालिम पाएका छन् । पालिकाको समन्वयमा रीड नेपालले आयोजनामा चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयमा ५ दिन संचालित तालिमको समापन पालिका अध्यक्ष मिना कार्कीले गरिन् । तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्...

शारदा माविमा डिसहोम जडान

सिकाइ प्रभावकारीका लागी खोटाङको रावाबेसी गाउँपालिका स्थित शारदा माविले डिस होम जडान गरेको छ । बालकक्षा र कक्षा एकको सिकाईलाई प्रभावकारी बनाउने उदेश्यले ४ वटा टिभि चल्ने  २ थान डिसहोम खरिद गरि जडान गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले बताए । विद्यालयले १४ हजारको २ वर्षे प्याकेजमा ढुवानी खर्च सहित ३० हजा...

नेचासल्यान गाउँ शिक्षा ऐन संशोधनका लागि प्रतिवेदन बुझाइयो

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ संशोधनका लागि प्रतिवेदन बुझाइएको छ । ऐन संशोधनका लागि गठित समितिले सुझावसहित तयार पारेको प्रतिवेदन मंगलबार पालिका अध्यक्ष धनजन राईलाई बुझाएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । यसअघि प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रध्यानाध्यापक...

प्रारम्भिक बाल विकास तालिममा लिखुपिकेका १५ शिक्षक सहभागी

सोलुखुम्बु - स्थानीय पालिकाको समन्वयमा रीड नेपालले आयोजना गरेको प्रारम्भिक बाल विकास विषयक ५ दिने तालिममा लिखुपिके गाउँपालिकाका १५ जना शिक्षकले सहभागीता जनाएका छन् । चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयमा मंगलबारदेखि सुरु तालिमको उद्घाटन पालिका अध्यक्ष मिना कार्कीले गरिन् । बाल विकास शिक्षकलाई अत्यावश्यक तालिम संच...

प्रचण्डले भने, शान्ति र क्रान्तिको नेतृत्व गरेँ अब सम्बृद्धिको नेतृत्व गर्छु

सोलुखुम्बु । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै ईतिहास कायम गरेको बताएका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरुको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनकै चरणमा रह...

‘सोलुको शैक्षिक विकासमा रीडको भुमिका अतुलनीय’

सोलुखुम्बु : सोलुखुम्बुको शैक्षिक विकासका लागि गैरसरकारी संस्था रीड नेपालको भुमिका अतुलनीय रहेको सरोकारवालाहरुले बताएका छन् । आईतबार सोलुदुधकुण्ड नगरपालिकामा ‘गत आर्थिक वर्ष सञ्चालित कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रमबारे जानकारी प्रदान’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् । ...

नेचासल्यानमा नतिजाको आधारमा विद्यालयलाई पुरस्कृत गरिने

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले विद्यालयको नतिजाको आधारमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिका अध्यक्ष धनजन राईले पालिकाले बार्षिक नतिजाको उत्कृष्टताको आधारमा विद्यालयलाई पुरस्कृत गर्ने बताए । भुमेश्वरी प्रस्तावित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले कार्यसम्पाद...

सोलुदुधकुण्डका १९ बालविकास शिक्षकलाई तालिम प्रदान

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका १९ जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिएको छ । रीड नेपालको आयोजना तथा नगरको सहयोगमा चलेको ५ दिने तालिममा १९ विद्यालयका एक–एक जना बालविकास शिक्षकलाई प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थ...