लोक कलाकारको दशैँ (फोटो फिचर)

  शिखर गजरकोटे
798 Shares

सोलुखुम्बु – रिता थापा मगर लोक दोहोरी गायिका हुन् । उनको पहिलो दशैँ हो, कर्मको घरमा मनाएको । उनले केही फोटो शेयर गर्दै फेसबुकमा लेखेकी छिन् ।

पोहोरको दशैं जन्मको घर
यस पाला दशैं कर्मको घर
काख फरक आभास उस्तै

उनले कोरोना कहरकै कारण घरमै सिमित राखेकी छिन् । उनले भनेकी छिन्, ‘कोरोनाका कारण सबै सँगै भएर दशैं मनाउन नपाएको पाटो खड्किएको छ । धेरै सम्झना !’

दोहोरी गायक राजु ढकाल र गायिका देवी घर्ती मगरले यो पटकको दशैँ काठमाण्डौमा मनाएका छन् । सायद, उनीहरु कोरोना जोखिमकै कारण जन्मघर तनहूँ जान पाएनन् । दशैँको केही फोटो शेयर गर्दै गायक ढकाल लेख्छन्, ‘पहिलो पटक काठमाण्डौको दशैँ’ ।

गायिका सुनिता दुलालले टिका र जमरा सहितका फोटो फेसबुक पेजमा शेयर गरेकी छिन् । गायक रामजी खाँणले परिवारसंग दशैँ मनाएका छन् । उनले सुखी परिवारको फोटो शेयर गरेका छन् ।

सजर्क शिव हमालले नयाँ घरमा दशैँ मनाएका छन् । गीतसंगीतबाटै कमाएको पैसाले बनाएको घरमा मनाएको दशैँको फोटो शेयर गरेका छन् । सामूहिक फोटोमा रामजी खाँणका परिवार पनि समाहित छन् ।

लोक कलाकार मन्जु पौडेल, कमला पोखरेल, अनिता चलाउने, लक्ष्मण खड्का लगायतले दशैँ फोटो शेयर गरेका छन् ।

फोटो सम्बन्धित कलाकारको फेसबुकवाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार