पर्यटन मन्त्री भट्टराई : दुई दिन खुम्बु बसाईमा के गरे ?

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टर्राइले खुम्बु क्षेत्रमा २ दिन विताएका छन् ।

आईतबार पर्यटन सुचना केन्द्रको उद्घाटनका लागि खुम्बु आइपुगेका आइतबार र सोमबार खुम्बुमै विताएका छन् । सो अवसरमा मन्त्री भट्टराईले त्यस क्षेत्रका हिमश्रृङखलाको अवलोकन गरेका छन् ।

सो अवधिमा नेकपाका स्थानीय कार्यकर्तासँग समसामयिक राजनितिक अवस्थाका बारेमा छलफल गर्नुका साथै हिमश्रृङखला र पर्यटकिय स्थानको अवलोकन गरेको नेकपा जिल्ला कमिटी स्थानिय तह परिचालन विभागका प्रमुख जुद्ध कार्कीले जानकारी दिए ।

पर्यटन मन्त्री भट्टराई सोमबार गोकियो, आमादब्लम हिमालको आधार शिविर, कालापत्थर, चोयु हिमाल हेलीकप्टर मार्फत घुम्नुभएको छ ।

आमादब्लम हिमालको आधार शिविरमा १ घण्टा बसेका मन्त्री भट्टराईले १४ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका बेलायती नागरिक क्यान्टन र आरोहण दलका सदस्यसँँग भेट समेत गरेका छन् ।

खुम्बु भ्रमण सकेर मंगलबार काठमाण्डौ फर्किएका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोनाका कारण प्रभावित भएको नेपालको पर्यटन विस्तारै लयमा फर्किन थालेको प्रतिक्रिया दिएका छन् ।

सरकार र निजि क्षेत्रको संयुक्त प्रयासबाट पर्यटन क्षेत्रलाई सक्रिय बनाउन सकिने भएकाले हातेमालोका लागि आग्रह गरेका छन् ।

फोटो – मन्त्री भट्टराईको फेसबुकवालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार