सोलुखुम्बुका एक कोरोना संक्रमितको मृत्यु, जुबु वडा शिल

  हिमाल समाचार
20.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुका एक संक्रमितको मृत्यु भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु ज्यामिरेका ७५ वर्षिय  एक बृद्धको आज विहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कार्तिक ३० गते बिरामी भएका उनलाई बिराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो । उपचारका क्रममा गरिएको कोरोना परिक्षणमा मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको मृत्यु भएसँगै थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुलाई शिल गरिएको छ । मृतकको सम्पर्कमा रहेकाको पहिचान गरी स्वाब संकलन गर्ने तयारी गरिएको वडाध्यक्ष नातिकाजी गुरुङले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार