गोराखानीका २ सय विद्यार्थीलाई ज्याकेट, ट्राउजर र जुत्ता वितरण

  हिमाल समाचार
3.1k Shares

सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका २ सय विद्यार्थीलाई ज्याकेट,ट्राउजर र जुत्ता वितरण गरिएको छ ।

चिसोको समयलाई मध्येनजर गर्दै ड्रिम्स अफ गोराखानीले गोराखानी आधारभुत विद्यालय र जैदुङ आधारभुत विद्यालयका विद्यार्थीलाई आज ज्याकेट, ट्राउजर र जुत्ता वितरण गरिएको हो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा, ड्रिम्स अफ गोराखानीका अध्यक्ष ङवाङ पासाङ शेर्पा लगायतको उपस्थिती रहेको वडाध्यक्ष काजि शेर्पाले जानकारी दिए ।

त्यस्तै, अमेरिकामा बस्दै आएका पवन लामाको संयोजन तथा वडाध्यक्ष काजि शेर्पाको समन्वयमा ३४० घरलाई ३० केजिका दरले चामल वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार