दुई महिनामा ६८८ पर्यटक खुम्बुमा पुगे

५ लाख ५१ हजार राजश्व संकलन

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु – दुई महिनाको समयावधीमा खुम्बुमा ६८८ आन्तरीक तथा बाह्य पर्यटक पुगेका छन् ।

असोज महिनामा १४६ नेपाली र २५ विदेशी गरी १७१ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यस्तै, कार्तिक महिनमा ४०९ नेपाली, सार्क राष्ट्रका १० र ९८ विदेशी पर्यटक खुम्बु भ्रमण तथा हिमाल आरोहणका लागि पुगेका हुन् ।

असोज महिनादेखि पर्यटकिय गतिविधि सञ्चालन अनुमति पाएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको हो । गएको चैत्र महिना देखि खुम्बु भदौ महिनासम्म सुनसान रहेको थियो ।

साढे ५ लाख राजश्व संकलन

सगरमाथा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे पाँच लाख बढि राजश्व संकलन गरेको छ । खुम्बु भ्रमणमा आएका पर्यटक र वन पैदावर बिक्रिबाट ५ लाख ५१ हजार १५६ राजश्व संकलन गरेको हो ।

जसमा गैरकाष्ठ बनपैदावर बिक्रिबाट १८ हजार ३०६ रुपैयाँ, पर्यटकबाट ५ लाख १६ हजार ३५० रुपैया र दण्ड सजायबाट १६ हजार ५ सय राजश्व सकंलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

खुम्बु पासाङल्हामुले मात्रै ३ लाख बढि राजश्व संकलन

प्रदेश १ को पर्यटकिय स्थानिय तह घोषणा भएको खुम्बुपासाङल्हामु गाउँपालिकाले भने पर्यटकिय गतिविधि सञ्चालन अनुमति पाएपश्चात आएका विदेशि पर्यटकबाट ३ लाख २६ हजार राजश्व संकलन गरेको छ ।

असोज र कार्तिक महिनामा आएका १६३ विदेशी पर्यटकबाट प्रक्ति व्यत्ति दुई हजारका दरले उक्त राजश्व संकलन गरेको गाउँपालिकाका आन्तरिक लेखा परिक्षक सागर आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार