महाकुलुङमा होटल जलेर नष्ट

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङमा दुई तले होटल जलेर नष्ट भएको छ ।

महाकुलुङ गाउँपालिका १ खिरौलेका पासाङ दोर्जी शेर्पाले चोलेनमा सञ्चालन गरेको ढुंगा सिमेन्टले बनेको हिमालय होटल एण्ड लज जलेर नष्ट भएको हो ।

होटलमा कुन समयमा आगलागि भएको र कति क्षति भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

होटलबाट सल्किएको आगोले भिमराज राईको १ तले घरको झ्याल, छाना जलेको छ भने अन्य क्षति नभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार