यस्तो बन्दैछ, महाकुलुङ अस्पताल

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – अघिल्लो बर्ष देखि बुङ स्वास्थ्यचौकीको भवन स्तरोन्नती गरेर संचालनमा ल्याइएको महाकुलुङ प्राथमिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।

डिजाइनको काम सकिएको अस्पताल भवनको सोमबार शिलान्यास हुदैछ । जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राईले शिलान्यास गर्ने कार्यक्रम तय भएको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भोलि मिति २०७७ साल मंसीर १५ गते सोमबारको दिन बिहान ८ बजे महाकुलुङ प्राथमिक अस्पतालको भवन सिलान्यास सोलुखुम्बु जिल्ला समन्वय समिति संयोजक श्री वीर कुमार राईको प्रमुख आतित्थ्यतामा किराती कुलुङ (नोक्छो) पुर्खाहरू, धर्म गुरू लामा, पुरेत पण्डितको त्रीपक्षीय संयुक्त पुजापाठकासाथ हुनगईरहेको र यो अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुँदा भवनको आकृति यस्तो रहने सुखद जानकारी यहाँहरू सबैलाई गराउँन चाहन्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार