सल्लेरीमा लोडसेडिङ हट्ने

नगरपालिका र प्राधिकरणको सहमति

  हिमाल समाचार
4.4k Shares

सोलुखुम्बु – चिसो बढेसँगै सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भईरहेको लोडसेडिङ अन्त्यका लागि पौष महिना भित्रै प्राधिकरण र सल्लेरी च्याल्सा जलविद्युतको विद्युत आदानप्रदानको काम सकिने भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकालाई उज्यालो नगर बनाउने लक्ष्य अनुरुप आईतबार नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा र विद्युत प्राधिकरणका नायव कार्यकारी निर्देशक हरिराज न्यौपाने विच भएको छलफलमा पौष महिना भित्रै च्याल्सा विद्युत कम्पनी र प्राधिकरण विच पावर सिन्क्रोनाईजेसनको काम सक्ने सहमति भएको हो ।

बढ्दो विद्युत खपतका कारण लोडसेडिङ हुँदै आएको सदरमुकाम क्षेत्रमा प्राधिकरणको विद्युत जडान भएसँगै लोडसेडिङ हट्ने र दिउसोको समयमा प्रयोग विहीन हुने सल्लेरी च्याल्साको विद्युत प्राधिकरणलाई विक्री गर्दा दोहोरो फाईदा हुने मेयर शेर्पाको भनाई छ ।

यस्तै नायव कार्यकारी निर्देशक न्यौपानेसँगको भेटमा केरुङ, गोरा र टाप्टिङमा ग्रामिण विद्युतिकरणका लागि छुटेका गाउँहरुको लागि तत्काल योजना पुनरावलोकन गरि समावेश गर्ने पनि सहमति भएको छ । प्राधिकरणले छुटेका गाउँहरुमा तत्काल सर्भे गरि विद्युत विस्तारको काम गर्ने छ ।

हाल तिंलाका अतिरिक्त केरुङ, गोरा र टाप्टिङमा विद्युत विस्तारको काम भईरहेको मेयर शेर्पाको भनाईछ । आफ्नै कार्यकालमा नगरपालिकाका सबै घरधुरीमा विद्युत सेवा पुर्याउने मेयर शेर्पाको दाबी छ ।

फोटो -आप्पा फोटोग्राफी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार