सोलुखुम्बुमा ड्यूटीमा खटिएका प्रहरीको हृदयघातले निधन

  हिमाल समाचार
6.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ड्यूटीमा खटिएका एक प्रहरीको निधन भएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका ५० वर्षिय चित्र बहादुर गुरुङको ड्यूटीकै क्रममा निधन भएको हो । प्रहरी सहायक निरिक्षक पदमा फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्ज रहेका उनको सोमबार दिउँसो करिब ४:४५ बजे निधन भएको छ ।

ड्यूटीकैै क्रममा अचानक बेहोस भई ढलेका उनलाई फाप्लु अस्पताल पु¥याईएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको हृदयघातले निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शवलाई आफन्तको जिम्मा लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार